मंसिर ०७, २०८१, शुक्रबार
               

पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा रहेको बेनीघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए ।

बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए -“पहिरो फुजेललगायतका क्षेत्रबाट आएका र बेनीघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्”, उनले भने, “पहिरो हटाउनका लागि उपकरण खोज्ने काम भइरहेको छ ।”

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको उनको भनाइ छ । “दिनभरि मेशिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्ने छ”, उनले भने, “केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।” 

झण्डै ७० मिटरमाथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । “ठूलाठूला ढुङगा पनि पहिरोसँगै खसेको छ, सानो मेशिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन”, प्रत्यक्षदर्शी सुजन लामिछानेले भने, “पहिरो करिब बिहान साढे १० बजेतिर खसेको हो ।” पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमा नै अलपत्र परेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि