गाईघाट । विद्युत् प्राधिकरणको सबस्टेसनमा मुसा पस्दा शनिबार साँझ विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत् आपूर्तिमा समस्या भएका हो ।
सब सबस्टेसनको ईनकमर मुसा पसेर विद्युत् सट हुँदा सबस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत् प्राधिकरण उदयपुरले जनाएको छ ।
प्राधिकरण उदयपुरका इन्जिनियर संन्जिव कर्णका अनुसार मुसाको कारण विद्युत् अवरुद्ध भएको बताए । ‘शनिबार सवा सात बजेको समयमा गाईघाट फिडर मुसा पसेर विद्युत् सट गराउँदा चार जिल्ला मा विद्युत् अवरुद्ध भएको छ ।’ उनले भने ‘सबस्टेसनमा विद्युत् सट भई आगो लागेकाले प्राविधिकहरु राति साढे बाह्र बजेतिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत् सप्लाई गरेर विद्युत् आपूर्ति मिलाइएको हो ।’
जलेको फिडर मर्मत गर्न केहि समय लाग्ने भएकाले विद्युत् अवरुद्ध हुने जनाइएको छ । जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फको लाई मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोसन सिंहले बताए । सिमेन्ट उद्योगको लाइन काटेर भए पनि रातिदेखि गाईघाटमा विद्युत् सुचारु गरिएको छ ।
मर्मत पूरा नहुन्जेलसम्म जलजले र मुकुर्चीको विद्युत् सुचारु हुन पर्खनुपर्नेछ । भने खोटाङतर्फ गएको ३३ केभिए लाइनसमेत केही समय उदयपुरलगायत, खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा विद्युत् अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।