काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ जना पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार, हाल नेपालमा ६ हजार ५४४ जना सक्रिय संक्रमित छन् ।