काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जनालाई कोरोना संक्रमण देखिएकाे छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९२ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ९० जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १३६ पुगेको छ ।