मंसिर ०७, २०८१, शुक्रबार
               

आवेदन शुल्कको नाममा ठगी नियत भएको आशंका

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

आइतवारको कान्तिपुर दैनिकमा प्रकाशित एक विज्ञापनको विषयलाई लिएर ठगी हुन सक्ने शंकासहित प्रहरी प्रधान कार्यालयले पनि चासो देखाएको छ। सर्वसाधारणबाट गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यसको आधिकारिकता बुझ्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । आईतबारको कान्तिपुर पत्रिकामा अर्गानिक नेपाल नामक संस्थाको विज्ञापन गरेको छ । ११ नम्बर पेजमा प्रकाशित विज्ञापनको आवेदन दस्तुर एक हजार रुपैयाँ भन्दै १ हजार भन्दा बढी जनशक्ति आवश्यक रहेको भनिएको छ ।

सो संस्थाले विभिन्न पदमा १०५४ जनाका लागि आवेदन आह्वान गरेको छ । यदि आवेदन अनुसार नै पदपूर्ति भए छनौट हुने १०५४ जनाबाट मात्र १० लाख ५४ हजार त स्वत आवेदन शुल्क उठ्छ । तर विज्ञापनमा धेरै मानीस चाहिएको देखाएपछि आवेदन दिने धेरै हुनेछन् । आवेदन दस्तुर भने संस्थाको एचआर हायरिङ पार्टनर ज्ञानमार्ग प्रशिक्षण प्रालिको खाता रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकमा जम्मा गर्न भनिएको छ। 

संस्थाले अर्गानिक कृषि उद्यम गर्न, कृषि क्षेत्रमा आउन युवाहरुलाई उत्प्रेरित गर्न र कृषकहरुलाई सहयोग गर्न आफ्नै गाउँघरमा बसेर स्थायी रुपमा काम गर्न इच्छुक योग्य व्यक्तिहरु आवश्यक रहेको भन्दै भदौ २० गतेसम्म आवेदन भर्ने समय दिएको छ ।

कोरोना महामारी र लकडाउनमा बेरोजगार भएकाहरुले फर्म भरेर ठगिन सक्ने भएकाले प्रहरीले चासो देखाएको हो । यस्तो महामारीमा सो संस्थाले लाखौ रुपैयाँ आवेदनबाटै असुल्न सक्ने भन्दै सामाजीक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

सामाजीक संञ्जालमा चासो बढेपछि प्रहरीले अनुसनधान प्रक्रिया थालेको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने ‘यो विज्ञापनबाट हामी पनि अचम्मित बनेका छौं, यसको आधिकारिकता बुझ्न निर्देशन दिएका छौं । अनुसन्धान थालिसकेका छौं ।’


कस्तो लाग्यो ?

यो पनि