काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण भएको छ ।
प्रहरी कार्यालय स्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।
३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको तयारी भएको कार्यालयले जनाएको छ ।
यसअघि रानीपोखरीमै कार्यरत अर्का एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।