ललितपुर । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
निमोनिया र मधुमेहको रोगी रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि साउन १५ गते अस्पताल भएका उनको सोमबार मृत्यु भएको हो ।
ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकीका हुन् ।