मंसिर ०७, २०८१, शुक्रबार
               

सुटकेसमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयको खुलासा

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको पहिचान भएको छ । 

सुटकेसमा भेटिएको सो शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । र, उनी काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको पनि खुलेको प्रहरीले खुलासा गरेको छ । 

यसबारे अपराध महाशाखा र काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेसबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   

सो शव पहिचान गर्न गाह्रो भएपछि अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । 

आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेसमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो । 


कस्तो लाग्यो ?

यो पनि