विराटनगर । प्रदेश १ मा सोमबार ४२ जना नयाँ संक्रमित थपिएका छन् । १ हजार ६ सय १ जनाको पिसिआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको गरि कुल ४२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरंङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मोरंगको विराटनगर महानगरपालिकामा मात्रै ८ पुरुष १ महिला संक्रमित भएका छन् ।
त्यससैगरी, मोरङकै सुन्दरहरैचा नगरपालिकाका ३ पुरुष, धनपालथान गाँउपालिकाका २ पुरुष, १ महिला, पथरीशनिश्चरे नगरपालिकाका १ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका ७ पुरुष, २ महिला, रामधुनी नगरपालिकाका ४ र इटहरी उपमहानगरपालिकाका १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयले झापाको गौरादह नगरपालिकाका ५ पुरुष, भद्रपुर नगरपालिकाका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले प्रस्ट पारेको छ ।