मंसिर ०७, २०८१, शुक्रबार
               

न्यायाधीशलाई कोरोना देखिएपछि अदालत बन्द

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

जिल्ला अदालत मोरङका न्यायाधीश कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको छ । न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा एक न्यायाधीशको नतिजा पोजेटिभ आएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्कमा आएका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको हो । अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायाधीशसहित चार जनाको स्वाब संकलन गरिएको थियो ।

न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनका लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए । अदालत पूर्ण रूपमा बन्द गरि सेनिटाइज गरिनेछ र सेवाग्राहीको लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ। नियमित मुद्दाका सुनुवाइ स्थगितसमेत भएका छन् ।

जिल्ला अदालत मोरङमा १ सय २० कर्मचारी ४० जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । मोरङमा हालसम्म संक्रमितको संख्या ५ सय ७८ पुगेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि