काठमाडौं । नेपालममा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये दुईको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुईमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
सोमबारै कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका बिरामी उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, सोमबार मात्रै उपचारका क्रममा काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसका अलवा वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिला र शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपश्चत कोरोना संक्रमण पुष्टि भएको छ ।
कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ ।