काठमाडौं । दाङका कृष्णबहादुर बोहराको वीभत्स हत्या भएको घर फेला परेको छ ।
घटनास्थल मृतकको सुटकेसमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको चारतले घरको एक कोठामा घटना भएको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महानगरीय अपराध महाशाखाले हाल सो घरलाई सिल गरी अनुसन्धान तथा सोधपुछ सुरु गरेको छ ।
आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेसबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सो शव पहिचान गर्न गाह्रो भएपछि अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो ।
आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।