काठमाडौं । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनलाई सोमबार थप उपचारका लागि भन्दै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।
उनमा कोरोनाको लक्षण नदेखिए पनि फोक्सोमा समस्या देखिएको उनी उपचाररत तराई अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण बताएको छ ।