काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ दाेस्राे सातादेखि सञ्चालनकाे तयारी गरेकाे स्नातक र स्नातकोत्तरको परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरेकाे छ ।
यसअघि साउन ९ गते सूचना प्रकाशित गरी भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्ने भनिएकाे थियो।
व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा सोमबार जारी सूचनामा भनिएको छ, ‘हाल कोभिड–१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरूबाट विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकाले यस संकायका परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’