मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट थप एक महिलाकाे मृत्यु, मृतकको संख्या ८० पुग्यो

नेपाल फ्ल्यास
साउन २६, २०७७

सांकेतिक
ADVERTISEMENT

ललितपुर । कोरोना संक्रमणबाट ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । 

उपचारकाे क्रममा काभ्रे पाँचखालकी ५० वर्षीया महिलाकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भए पनि कोरोना भएकाे पुष्टि ४ बजे भएको हो ।

मृतक महिलाालाई निमोनिया तथा छातीको संक्रमण थियो । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । आजै स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि