बैतडी । बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पोट महिनौ दिनसम्म पनि आएन ।
बैतडी जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउपालिकाका ३९, डिलाशैनी गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समान ९.९ र शिवनाथ गाउपालिकाका ७ गरी १ सय ४४ जनाको स्वाब प्रयोगशालाबाटै हराएको हो ।
उनिहरु सबै घर र्फकिसेका छन् । जेठको अन्तिम साता पठाएको रीर्पोट अझैसम्म नआइपुग्दा उनीहरुलाई पालिकाले क्वारेन्टाइनको समय सकिएपछि घर पठाएको भुवन जोसीले बताए ।
जेठ अन्तिम सातादेखिका स्वाबहरुको रिर्पोट अझौ आइपुगेको छैन्,भने आज भोली पठाएको स्वाबको रिर्पोट दोस्रो, तेश्रो दिन आइपुग्छन । उनले भने, ‘जस्को स्वाबको रिर्पोट आजसम्म आएको छैन उनीहरू सबैलाई स्थानीय तहहरुले क्वारेन्टाइनको समयअवधि पुरा गरी घर पठाइसकेका छन् ।’
यस्तै जिल्लाको शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र पुर्चोडी नगरपालिकाका क्वारेन्टाइनहरु पुर्ण रुपमा खाली भइसकेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती जोसीले बताए ।