काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै एक पुरुषकाे मृत्यु भएकाे छ ।
धादिङकाे नीलकण्ठ नगरपालिका- १४ का उनकाे मृत्युपश्चात् कोरोना पुष्टि भएको हाे । उनी धादिङबेँसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेकाे र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए ।
रिपोर्ट पोजेटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेकाे स्राेतले जनाएकाे छ ।