पोखरा । पोखराका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पोखरा–६ का २३ वर्षीय पुरुष र पोखरा–१६ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।
संक्रमितलाई आइसोलेसनमा राखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।
प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको छ ।