काठमाडौं । बुधबार देशभरका ३७ वटा पिसिआर सेन्टरमा थप १० हजार ४८१ जनाकाे काेरोना परीक्षण गरिएकाे छ । हिजो मंगलबार १० हजार ४६२ जनाकाे परीक्षण गरेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
बुधबारकाे तथ्यांकसहित हालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।
यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । आज ६४ जना निको भएका छन् । मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
हाल ७ हजार ६१३ संक्रिय संक्रमित छन् भने साथै १४ हजार ८४६ जना क्वारेन्टाइनमा रहेका छन् ।