काठमाडौं । राष्ट्रिय बिमा समितिले बिमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारी कार्यालय बोलाइ काम गराउन र बाँकी ५० प्रतिशतलाई वर्क फ्रम होमका लागि निर्देशन दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकले आधा कर्मचारी राखेर कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेसँगै बिमा समितिले पनि त्यहीअनुरुप कार्यालय सञ्चालनका लागि यसो गर्न लागेको हो ।
यसका अलवा बिमा कम्पनीका कर्मचारीहरुका लागि सवारी साधनमा पनि जोरबिजोर प्रणाली कार्यान्वयन हुने भएको छ ।