काठमाडौंमा नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एकजना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
संक्रमण देखिएपछि आज दिनभर बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर संक्रमितको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर जाँच गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।
साथै राष्ट्रबैंकका सबैजना कर्मचारीको पनि परीक्षण गर्ने तयारी भइरहेको छ ।