काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ताका लागि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने भएको छ ।
नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले नगरपालिकाकाबाट प्रवाह हुने सबै सेवा बन्द हुने निर्णय गरेसँगै सो नगरपालिकाबाट नियमित प्रवाह हुने सेवा सबै सेवा अब प्रवाह नहुने भएका हुन् ।
सो निर्णयसँगै स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका अन्य कुनै पनि सेवा प्रवाह नहुने बताइएको छ ।
संक्रमितको संख्या बढ्दै गएकाले सबै सेवा बन्द गर्नुपरेको सो नगरपालिकाले जनाएको छ । नगरपालिकामा पाँचजना कुनै पनि ‘ट्राभल हिस्ट्रीमा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा सुर्खेतमा १८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये वीरेन्द्नगर नगरपालिकाका १७ जना छन ।
कर्णाली प्रदेशमा हालसम्म १९०१ जना निको भएर घर फर्केका छन् भने ६ जनाको भने मृत्यु भएको छ ।