काभ्रे । काभ्रेमा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बिहीबार देखिएकामध्ये संघीय प्रहरी कार्यालय जनागालका ६ जना र धुलिखेलका ३ जना छन् ।
बुधबार पनि काभ्रेमा ५ जना थपिएका थिए । अब जिल्लामा कूल संक्रमितको संख्या ६७ पुगेको छ ।