विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि बिहीबार राति नै कोशी अस्पतालको आइसोलेसनमा सिरहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो ।
अस्पतालका अनुसार उनमा श्वासप्रश्वास र निमोनियाको समस्या तथा शरीरमा रगतको मात्रा कमी देखिएको थियाे ।