काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
कार्यकारी निर्देशक घिसिङलगायत उपकार्यकारी निर्देशकहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
प्राधिकरणका एक जना इन्जिनियरलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सबैको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।
शुक्रबार आफूलगायत अरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको कार्यकारी निर्देशक घिसिङले बताए ।