काठमाडौं । चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा साउन २९ गते १ सय ३० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।
चितवन, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लका मानिसहरुको थ्रोट स्वाबमा संक्रमण देखिएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन् । प्रयोगशालाले दिएको जानकारी अनुसार चितवनका ८ जना पुरुष र एक महिलामा संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकाका २, ४, ७ र १० नम्बर वडामा संक्रमित भेटिएका हुन् । त्यस्तै राप्ती, रत्ननगर र खैरेनीका तीन जनामा पनि संक्रमण देखिएको छ ।
मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लाका एक एक जनामा संक्रमण देखिएको हो ।