काठमाडौं । आजदेखि आगामी भदौ ६ गते सम्मको लागि दोलखा जिल्लालाई लकडाउन गरिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ ।
प्राप्त जानकारी अनुसार केही स्थानीय तहमासमेत कोरोना संक्रमित देखिएकाले त्यस स्थानलगायत कुनै पनि क्षेत्रमा संक्रमण फैलिन नदिन जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । उनका अनुसार शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र जिल्लाभर नैसवारीसाधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ।