मंसिर ०७, २०८१, शुक्रबार
               

आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसमको विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि विभिन्न जिल्लाहरूमा हल्कादेखि सामान्य वर्षा र केही स्थानमा बाढी पहिरोको सम्भावना रहेको छ ।

यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि