मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना फैलिएपछि न्युरोडमा भोटेताल्चा !

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको न्युरोडका एकजना व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ ।

व्यापारीमा संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल तथा व्यवसाय बन्द गर्न आग्रह गरेको हो ।

वडाको आग्रहसँगै सो क्षेत्रमा पसल(व्यवसाय पूरै बन्द गरिएको छ। पसलका सटर र ढोकामा जताततै ताल्चा झुण्डिएको देखिन्छ ।
 


कस्तो लाग्यो ?

यो पनि