मंसिर ०७, २०८१, शुक्रबार
               

आठ वर्षीया बालिकाको मृत्यु

नेपाल फ्ल्यास
साउन ३१, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

झापा । विर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको गेटले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला सुनुवार शुक्रबार गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि