काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकको निधन भएको छ । वीरगञ्ज-२६ अठराह सुगौलीका ४७ वर्षीय पुरुषको शनिबार निधन भएको हो ।
मृत्युपछि स्वाब संकलन गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषको शनिबारै उपचाका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा निधन भएको हो ।
अस्पताल आउनुअघि उनमा एकसातादेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएको बताइएको छ ।