मंसिर ०७, २०८१, शुक्रबार
               

मध्यपुरथिमि लकडाउन

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आजदेखि लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । 

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । 

नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना संक्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिएको छ । 

लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न समेत दिएको छैन । 

अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक जानकारी दिए । 

नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरियामैत्री नगरपालिका अस्पतालसमेत सिल गरेपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा रोकिएको छ ।

अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल शनिबार सिल गरिएको थियो । 

आजदेखि नै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि