वीरगञ्ज । निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न नेपाली सेना परिचालन गरिएको छ ।
लकडाउनलाई थप कडा पार्नका लागि भन्दै पर्सामा आइतबारदेखि नेपाली सेना परिचालन गरिएको हो ।
पर्सामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन र नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोगका लागि नेपाली सेना परिचालन गरेको हो ।
उनले १५ दिनजति निषेधाज्ञामा कडाइ गर्न सके कोभिड–१९ लाई जित्ने बतए ।