काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (भदौ १ गते) मौसमको गतिविधीबारे जानकारी दिँदै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानहरुमा बदली रही दिउँसो पनि देशभर सामान्यतया बदली र केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती पनि देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक–दुई स्थानहरुमा ेभारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।