काठमाडौं । टोखा नगरपालिकामा होमआइसोलेसनमा बस्नेहरुले सन्तुलित भोजनबापत प्रतिदिन ३५०पाउने भएका छन् ।
होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसनकक्ष बनाउने पनि बन्ने भएको छ ।
सो नगरभित्र कुल ७७ संक्रमित रहेको बताइएको छ । जसमध्ये २३ जना होम आइसोलेसनमा बसेका छन् भने अन्य २५ जना अस्पतालमा रहेका छन् ।
सो नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि नाै सदस्यीय समिति पनि गठन गरिएको बताइएको छ ।