काठमाडौंमा निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको र अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए ।
उपत्यकामा बुधबार मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्वाश्यक कामबाहेक हिँड्डुल गर्नेलाई कारबाही गरिने एसपी गौतमले बताए ।
यता महानगरीय प्रहरी कार्यालयका अनुसार झण्डै १२ सय जनालाई राजधानीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ।
उनीहरुलाई एक घण्टा सडकमै उभ्याएर पठाइएको बताइएको छ ।