मंसिर ०७, २०८१, शुक्रबार
               

उपत्यकामा ९५० जना बस्न मिल्ने क्वारेन्टाइन सञ्चालनमा

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा आजदेखि ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने भएको छ ।  

विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन सञ्चालनमा गर्न लागिएको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले काठमाडौंको सामाखुशी र किर्तिपुरमा रहेको राधास्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने जानकारी दिए ।  

त्यसैगरी स्टाफ कलेज जावलाखेलमा एक सय र भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेलकोट भवनमा ५० जनालाई राखिनेछ भने, सरकारले छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न निर्दशन दिएकाले  सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिने सहप्रवक्ता लामिछानेले बताए ।   

मन्त्रिपरिषदबाट काठमाडौं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको हिजो बसेको बैठकले क्वारेन्टाइन संचालनमा ल्याउने निर्णय गरेको हो ।    


कस्तो लाग्यो ?

यो पनि