बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले घर पुरिँदा बागलुङको अर्नाकोटमा एक जनाको मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा आज (मंगलबार) बिहान पाँच बजेतिर खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयले पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको बताइएको छ ।
मृतकका बाबु विदेशमा छन् । पूजा उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।