काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानहरुमा हल्का बादल र कतै घामको किरण देखिनुका साथै वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।