कपिलबस्तु । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।