गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिराेमा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिराेमा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।
दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।