काठमाडौं । झापा शिवसताक्षी नगरपालिकाको एक किलोमिटर उत्तरतर्फको जंगलमा स्थानीय २८ वर्षीय गोविन्द मगर घाँटी काटिएको अवस्थामा फेला परेका छन् ।
उनको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । प्रारम्भिक जाँचमा घाँटी मात्र काटिएको पाइए पनि अन्य चोटपटकबारे पोष्टमार्टमपछि थाहा हुने प्रहरीले बताएको छ । उनी वैदेशिक रोजगारीका लागि बहराइन गएर केही दिनअघि मात्र स्वदेश फर्किएका थिए।
घटनास्थलबाट एक मोटरसाइकल बरामद गरिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ट्याकर डग घटनास्थल लगेको बताइएको छ ।