काठमाडौं । आफ्नै बुबाआमालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका-१ झागाझीटि बस्ने ३२ वर्षीय श्री तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
तामाङले मादक पदार्थ सेवन गरी ढोका खोल्ने बित्तिकै खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।