मंसिर ०७, २०८१, शुक्रबार
               

उपत्यका आवतजावतमा थप कडाइ

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका आवतजावतमा थप कडाइ गरेको छ । 

कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक काममा बाहेक काठमाडौं उपत्यका आवतजातमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरणसम्बन्धी जारी गरेको सूचनाअनुसार उपत्यकाबाहिर जानुपरेमा अत्यावाश्यक कामका लागि तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेस गर्नुपर्ने र सबै कागजात पूरा गरेपछि व्यक्ति स्वयं सिफारिसका लागि उपस्थित हुनुपर्ने उल्लेख छ । 

सो सूचनाअनुसार अत्यावश्यक भनेको  दाहसंस्कार, कर्मचारीको सरुवा भै जानुपर्नेलगायत छन् । 

‘सवारीसाधनलाई सवारी सहजीकरण गरिदै आएकोमा अब उप्रान्त सवारी सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावाश्यक कामको प्रयोजन स्पस्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र तथा सम्बन्धित गन्तव्य स्थानीय तहको सिफरिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ’, सो सूचनामा भनिकएको छ। 

यो पनि