मंसिर ०७, २०८१, शुक्रबार
               

मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी संक्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो । 

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताए । सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ । त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीको औषधि वितरण तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलायसिसका लागि अस्पताल आउने बिरामीलाई नियमित अस्पताल ल्याउने र छाड्ने व्यवस्थासमेत गर्दै आएको छ । अस्पतालले डायलायसिसका बिरामीलाई लैजान र छाड्नका लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ । अस्पतालमा हाल ४२६ जनाले मिर्गौलाको नियमित डायलायसिस गराउँदै आएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि