काठमाडौं । काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ ।
नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुईजना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो ।
नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।
केहीदिन अघि बागबजारमा नक्कली प्रेस कार्ड बनाउने चारजनालाई प्रहरीले पक्राउ गरेको थियो ।