मंसिर ०७, २०८१, शुक्रबार
               

घोराही–लमही सडकखण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

दाङ । लमही–घोराही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ कुलमोहर र बेल्दमार गाउँको बिचमा सुख्खा पहिरो जाँदा सडकमा क्षति पुगेको छ ।

सडकको आधा भाग पहिरोले भत्किँदा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिए । ‘पानी परेको पनि छैन । खोलाले काटेको पनि छैन ।

सुख्खा पहिरोले सडक भाँसिन पुगेको देखिन्छ ।’ रेग्मीले भने, ‘रातको समयमा एक्कासी पहिरो जाँदा सडकमा समस्या देखिएको हो ।’ पहिरोले पर्खाल भत्किँदा सडकको आधा भाग भासिएको हो।

सडकमा पहिरोले क्षति पुगेपछि स्थलगत अनुगमनको लागि ट्राफिक प्रहरी प्रमुख रेग्मीसहित, सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर महेश विश्वकर्मा, सुपरभाइजर सुरेश थापा सहितको टोली पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि