काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
आज (बुधबार) बिहान ५ बजेर १९ मेिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । सिन्धुपाल्चोककाे कोदारी केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।
भूकम्पको ठूलो धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्किएका थिए ।
नेपालमा यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।