बुटवल । रुपन्देहीमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
देवदह नगरपालिका-४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टाइनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भारतबाट फर्किएका उनी उनी भदौ १७ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वान्टाइनको सुरक्षागार्ड बसेका एक स्थानीय युवकले आत्महत्या गरेका थिए ।