चितवन । चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ ।
ठोरी–माडी सडकखण्डअन्तर्गत पर्ने सो खोलाले ट्याक्टर बगाउँदा मृत्यु हुने कञ्चनपुरका सन्तोष सुनारका करिब एक महिनाका छोरा हुन् ।
सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित ससुराली घर जाने क्रममा बिहीबार राति सो घटना भएको थियो ।
अविरल वर्षा र बाढीका कारण सो घटना भएको थियो । घटना बिहीबार भए पनि शुक्रबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले बेपत्ता बालकको शव फेला पारेको हो ।